यस्ता छन् एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार चयनका मापदण्ड - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

यस्ता छन् एकीकृत समाजवादीका समानुपातिक उम्मेदवार चयनका मापदण्ड



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि समानुपातिकतर्फ उम्मेदवार चयनको मापदण्ड तयार गरेको छ ।

समाजवादीका महासचिव डा.बेदुराम भुसालले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवार चयनको ६ वटा मापदण्ड तय गरेको जनाएका छन्।

हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेकालाई लगातार दोहोर्‍याएर बन्द सूचीमा नसमेट्ने मापदण्ड तय गरिएको छ।

गत स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका, विगतमा दुई पटक वा सोभन्दा बढी समानुपातिक सांसद वा राष्ट्रियसभाको सदस्य भएकालाई अहिलेको बन्द सूचीमा नराख्ने निर्णय समाजवादीले गरेको छ। विगतमा अवसर नपाएकालाई प्राथमिकता दिइने मापदण्डमा उल्लेख छ।

निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेश गर्ने तालिका तोकेको छ। समानुपातिकबाट प्रतिनिधिसभातर्फ १ सय १० र प्रदेश सभातर्फ २ सय २० जना निर्वाचित हुने प्रावधान छ।