मतदाताको अन्तिम नामावली प्रकाशन- दुई करोड पुगेनन्, सबैभन्दा बढी मोरङमा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मतदाताको अन्तिम नामावली प्रकाशन- दुई करोड पुगेनन्, सबैभन्दा बढी मोरङमा



काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली स्वीकृत गरेको छ।

आयोगले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ जना पुरुषको नामावली स्वीकृत गरेको हो।

त्यस्तै आयोगले १० हजार ८९१ मतदानस्थलअन्तर्गत २२ हजार २२६ मतदान केन्द्र रहनेगरी मतदान केन्द्र स्वीकृत गरेको हो।

आयोगका अनुसार सबैभन्दा बढी मतदता मोरङमा रहेका छन्। मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन्। त्यसपछि झापामा ६ लाख ६३ हजार ३३१ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेका छन्।

त्यस्तै सबैभन्दा कम मतदाता रहेको जिल्ला मनाङमा ६ हजार ७७९ मतदाता रहेका छन् भने मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ ह जार ७७४ मतदाता रहेका छन्।

त्यस्तै प्रदेशको हकमा सबैभन्दा बढी मतदाता बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३ मतादाता रहेका छन्।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदता नामावलीमा प्रकाशित मतादाताको विवरणलाई सही र त्रुटिरहित बनाउने प्रयास गरिएको बताए। अन्तिम नामावली निर्वाचन आयोगको वेवसाइटमा उपलब्ध गराइएको उनले बताए।