संसद अन्त्य गर्न सिफारिस गर्ने सरकारको निर्णय
सरकारले संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शनिबार राति १२ बजेबाट संसदको ११ औं अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गने संवैधानिक व्यवस्था छ । असोज २ र ३ मा प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवार बन्दसूची पेस गरिँदैछ ।
उम्मेदवारको बन्दसूची पेससँगै प्रतिनिधिसभाको कार्यकाल पनि सकिँदैछ ।