नयाँबानेश्वरमा महानगरको डोजर- बार्दली र भर्याङ पनि छोडेन
काठमाडौं- काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ ।
महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वरस्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो ।
ती क्षेत्रमा विभिन्न घरका पाली, बार्दली, भ-याङ भत्काइएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
भदौ ६ गतेदेखि महानगरको अवैध संरचना भत्काउने अभियान जारी छ । आजै बिजुली बजार क्षेत्रमा पनि महानगरले डोजर चलाएको छ ।