एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वमाथि लगाईन गम्भीर आरोप
काठमाडौं- नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले नेतृत्वप्रति गम्भीर आरोप लगाएकी छन् । उनले नेतृत्वको प्रवृत्तिमा परिवर्तन आउन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेकी टिप्पणी गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद पाण्डेले यस्तो बताएकी हुन्। ‘संघीय प्रणाली र संविधानले माग गरे अनुसार नेतृत्व, नागरिक र राज्यका निकायको प्रवृत्ति परिवर्तन हुन नसक्दा दोष प्रणालीमाथि र प्रहार उपलब्धीमाथि हुन थालेको छ,’ पाण्डेले चालू संसद्को कार्यभारलाई उल्लेख गर्दै भनिन्, ‘संविधान अनुसार आवश्यक कानुन र संघीयता कार्यान्वयन गर्नु संसद्को यस कार्यकाल मुख्य काम थियो। दुवै काम आशिंक बाँकी छन्।’
यस्तै पाण्डेले सरकारको अनिच्छाका कारण विश्वविद्यालय, समावेशितालगायतका महत्वपूर्ण प्रस्ताव र प्रश्नहरूमा संसद्मा छलफल हुन नसकेको टिप्पणी गरेकी छन्।