देउवाले डाके मन्त्रिपरिषद बैठक, आज महत्वपूर्ण निर्णय हुने - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

देउवाले डाके मन्त्रिपरिषद बैठक, आज महत्वपूर्ण निर्णय हुने



काठमाडौं- मन्त्रिपरिषदको बैठक डाकिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बैठक बोलाइएको छ। आजको बैठकमा महत्वपूर्ण निर्णय हुने बताइएको छ ।

सरकारले प्रतिनिधिसभाको कार्यकाल भोलि शनिबार मध्यरातिदेखि अन्त्य गर्ने तयारी गरेको छ। आजको बैठकले संघीय संसद्को ११ औं अधिवेशन अन्त्यको सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जनाकारी दिए।

‘सरकारले संसद्को कार्यकाल लम्ब्याउन लागेको गलत सन्देश गएकाले समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिनबाटै राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यको सिफारिस गर्न लागिएको हो,’ ती मन्त्रीले भने।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने कार्यक्रम असोज २ र ३ का लागि तय गरिएको छ।


आ योगले बन्दसूची बुझाउने अघिल्लो दिन नै संसद्को कार्यकाल सकिने जानकारी गराइसकेको थियो।