बाबुरामलाई बालेनको जवाफ- हजारौंको घर भत्काउँदा किन नगरेको ? - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बाबुरामलाई बालेनको जवाफ- हजारौंको घर भत्काउँदा किन नगरेको ?



काठमाडौं : काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको भन्दै उल्टै प्रश्न गरेका छन्।

यसअघि भट्टराईले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने मेयर साहसँग माग गरेका थिए। सामाजिक सञ्जालमा उनले व्यवस्थित नगरिए स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गरेका थिए। त्यसको जवाफ दिँदै मेयर साहले आफ्नो पालामा किन नसोचेको भन्दै उल्टै प्रश्न गरेका हुन्।

उनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’

काठमाडौं महानगरले फुटपाथ व्यवसायलाई हटाएको छ। फुटपाथ व्यापारीले भने आफ्नो रोजीरोटी खोसिएको भन्दै आन्दोलन थालेका छन्।