चोलेन्द्र र परिवारको सम्पत्ति विवरण मगाइयो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

चोलेन्द्र र परिवारको सम्पत्ति विवरण मगाइयो



काठमाडौं- प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्पत्ति विवरण माग गरेको छ।

बिहीबारको बैठकले न्यायपरिषदको सचिवालयबाट जबराको सम्पत्ति विवरण माग गर्ने निर्णय गरेको हो।

चोलेन्द्रका साथै उनको परिवारका सदस्यको पनि सम्पत्ति विवरण माग गरिएको छ। सम्पत्ति विवरण बुझाउँदा एकाघर परिवारका सदस्यको सम्पत्ति विवरण बुझाउनुपर्छ।

समिति सदस्य कृष्णभक्त पोखरेलले चोलेन्द्रको सम्पत्ति विवरण माग गरी अध्ययन गर्नुपर्ने बताएपछि समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य रामबहादुर विष्टले फाइल मगाउन सचिवलाई निर्देशन दिएका थिए।