रुपन्देहीका दुई लक्की उम्मेदवार
निर्वाचनको मिति नजिकिएसँगै रुपन्देहीमा चुनावी माहोल ह्वात्तै बढेको छ । यहाँ भेट्रान नेताहरूबीच प्रतिस्पर्धा हुने भएकाले पनि चहलपहल बढेको देखिन्छ । संघीयता कार्यन्वयन भैसकेपछि प्रदेशमा हुने निर्वाचनले पनि माहोल थप तातेको छ ।
रुपन्देहीका युवाहरू निर्वाचनलाई लिएर उत्साहित छन् । प्रदेश तर्फका १० क्षेत्रमा दलहरूले कसलाई उम्मेदवार बनाउलान भन्ने आम मतदाताको चासो छ । यही चासोबीच रुपन्देही क्षेत्र नम्बर ५ (क) सत्ता गठबन्धनको नेकपा एकीकृत समाजवादीले पाउने चर्चा छ ।
रुपन्देही-२ मा प्रतिनिधिसभा तर्फ र अन्य दुई क्षेत्रमा समाजवादीको दाबी छ । स्रोतका अनुसार गठबन्धनका अन्य दलहरू पनि यसमा सहमत नै छन् । समाजवादीका एक नेताका अनुसार प्रतिनिधिसभा तर्फ रुपन्देही-२ र प्रदेश तर्फ ५ (क) फाइनल जस्तै भैसकेको छ । समाजवादीले यी क्षेत्रमा पठाउने उम्मेदवारको समेत नाम फाइनल गरेको छ ।
जनमत बलियो भएका र जितपछी काम गर्नसक्ने उम्मेदवार उठाउनुपर्ने चुनौतीकाबीच प्रतिनिधिसभा तर्फ रुपन्देही-२ र प्रदेश तर्फ ५ (क)का लागि उपर्युक्त उम्मेदवार छनिसकेको पार्टी स्त्रोतले जनाएको छ । रुपन्देही-२ का लागि राजु गुरुङको नाम करिब पक्का जस्तै भएको बताइएको छ भने ५ (क) का लागि महेश पन्थीको नाममा सहमती जुटेको छ।
राजु विगतमा पनि राम्रै काम गरेकाले जनमत बलियो उम्मेदवार मानिन्छन् । उनले यसअघि एमालेका उपाध्यक्ष रहेका नेता विष्णु पौडेलको चुनावी मोर्चा सम्हालेका व्यक्ति हुन् । समाजवादीका रुपन्देही इन्चार्ज समेत रहेका राजु र पौडेलबिचको चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ । त्यसमाथी स्थानिय चुनावले पनि गठबन्धनको पक्षमा माहोल देखाईसकेको छ । राजु भिजेका नेता भएकैले पनि उनको पक्षमा माहोल बन्ने देखिन्छ ।
त्यस्तै प्रदेश तर्फ रुपन्देही ५ (क)मा महेश पन्थी उपर्युक्त उम्मेदवार हुने पार्टीले निष्कर्ष निकालेको छ । महेश केन्द्रमा उठ्ने हैसियतका नेता भएपनी पार्टीले उनलाई प्रदेशको मोर्चा सम्हाल्न आग्रह गरेको छ । सामाजिक क्षेत्रमा लामो समयदेखि काम गरेका महेशले सबै दलहरूसँग समन्वय गर्न सक्ने भएकाले उनलाई ५ (क) को जिम्मा दिइएको बताइएको छ ।
यो क्षेत्रमा महेशलाई एमाले लगायतका नेताहरूले समेत सहयोग गर्ने वातावरण छ । एकातिर गठबन्धन अर्कातिर एमालेको पनि साथ पाउने भएकाले महेश हौसिएका छन् । पार्टीले पठाएकाले आफूले यो क्षेत्रको कायापलट गर्नेगरि तयारी गरेको उनी बताउँछन् । त्यतिमात्र होइन गठबन्धनमै सरकार गठन हुने भएकाले राजुले केन्द्र सरकार र महेशले प्रदेश सरकारमा समाजवादी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्नसक्ने सम्भावना बढी छ ।
निर्वाचनमा कुनै पनि दलको एकल बहुमत आउन सक्ने सम्भावना नभएकाले नोर्वाचनपछि पनि गठबन्धनमै सरकार बन्ने देखिन्छ । त्यसो भएको खण्डमा यी दुई उम्मेदवार रुपन्देहीबाट लक्की साबित हुनेछन् ।