समीक्षा अधिकारीले भनिन्- क्षतिपूर्ति बापतको पैसा लिन्न - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

समीक्षा अधिकारीले भनिन्- क्षतिपूर्ति बापतको पैसा लिन्न



चर्चित गायिका समीक्षा अधिकारीले आफूभित्र मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत मंगलबार राति भनाइ राख्दै उनले पछिल्ला समय आएका गालीगलौजले चोट पुगेको बताएकी छन्।

सामाजिक सञ्जालमा आएका अनेक खालका तस्बिर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको दुखेसो उनले पोखेकी छन्।

‘यहाँहरु सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु। उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद हो’, उनले भनेकी छन्, ‘सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।’

उनले आफूसँग जोडेर क्षतिपूर्ति र कयौँ लाख रुपैयाँ लिएको आरोपको पनि खण्डन गरेकी छन्। समीक्षाले अहिलेसम्म कसैबाट क्षतिपूर्तिबापत वा अन्य कुनै पनि किसिमको रकम नलिएको पनि स्पष्टीकरण दिएकी छन्।

उनले लेखेकी छन्-

मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार!

यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।

सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।

बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।