रामचन्द्र पौडेलले माफी मागे - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

रामचन्द्र पौडेलले माफी मागे



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले माफी मागेका छन् । उनले मंगलबार दमौलीबासीसँग माफी मागेका हुन् ।

गत साता दमौलीमा आयोजित कार्यक्रममा पानीको समस्याबारे आफूले दिएको अभिव्यक्तिलाई लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन नसक्ने भन्दै उनले माफी मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत माफी माग्दै पौडेलले लेखेका छन्, ‘गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिलेदेखि सहयोग आदानप्रदान गर्दै आएका छन् । मेरो अभिव्यक्तिलाई नै लिएर पानी बन्द गरिनु न्यायपूर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रहसमेत गर्दछु ।’

उनले लेखेका छन्,

दमौली खानेपानी बारे मेरो भनाइ !

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदिको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।

त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या(अपुग) थियो। दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्द पानी पाइरहेका छन् ।

मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।

विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हाशिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ ।
जनताको स्वास्थ र जनताको हीत विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यस तर्फ सबैको ध्यान जावोस ।
गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् ।

मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।
जय नेपाल !