बिहानै खुमलटार किन पुगे शक्तिशाली दुई मन्त्री ? - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बिहानै खुमलटार किन पुगे शक्तिशाली दुई मन्त्री ?



काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

मन्त्रीद्वय खाण र कोइरालाले बिहान प्रचण्डलाई भेटेका हुन्। प्रचण्ड निवास खुमलटार पुगेर उनीहरुले समसामयिक विषयमा कुराकानी गरेका बताइएको छ।

भेटमा मंसिर ४ गतेका लागि निर्धारित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रक्रियामा रहेका विभिन्न विधेयकका विषयमा कुराकानी भएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको कार्यकाल सकिन केही दिनमात्रै बाँकी रहँदा त्यहाँ प्रक्रियामा रहेका विधेयकबारे दुई मन्त्रीले अध्यक्ष प्रचण्डसँग छलफल गरेका हुन्।