नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार गर्दै उम्मेदवारी घोषणा - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

नेपाली कांग्रेसमा सुरू भयो विद्रोह, पार्टीको निर्णय अस्विकार गर्दै उम्मेदवारी घोषणा



नेपाली कांग्रेसमा विद्रोहको सुरुवात भएको छ । कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले आफूलाई अमानुपातिकमा सिफारिस गरिएको भन्दै उक्त निर्णय अस्विकर गरेका छन् ।

गृहजिल्ला सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि समानुपातिकतर्फ नाम सिफारिस गरिएकोप्रति आपत्ति जनाएका छन्। यसका साथै उनले समानुपातिक अस्विकार गरेर प्रत्यक्ष चुनाव लड्ने घोषणा समेत गरेका छन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् जिल्लाबाट नाम सिफारिस भएको चार दिनपछि आपत्ति जनाएका हुन्।

भदौ २० गते जिल्ला कार्यसमितिले प्रेस विज्ञिप्त जारी गरेर नेता केसीलाई समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको जनाएको थियो।

‘म आमाको मृत्युु संस्कारको १३औं दिने काजकिरियामै रहेको बेला डाइबिटिज, कम रक्तचाप र डेगु संक्रमणको बिरामी भइ अस्पतालमै उपचारकै क्रममा रहेको बखत मसँग कुनै सम्पर्क नै नगरी मेरो नाम समेत जोडेर अलोकतान्त्रिक, विधिविधान र केन्द्रीय परिपत्र विपरीत उमेदवारी सिफारिसलाई लिएर सामाजिक सञ्जालहरुमा गरिएको गलत प्रचारप्रति घोर भत्र्सनाका साथ पूर्णरुपले असहमति प्रकट गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

उनले आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ नै उम्मेदवारी दिने पनि बताएका छन्।

‘सोलुखुम्बु जिल्लावासी दिदीबहिनी दाजुभाइ, केन्द्रीय एवं स्थानीय तहका पार्टीका सम्पूर्ण नेता साथीहरूको भावनाको कदर गर्दै लामो संघर्ष, लाखौं जनताको योगदान, हजारौं सहिदको बलिदानबाट प्राप्त वर्तमान उपलब्धिको रक्षाका लागि, आगामी मंसिर ४ गते हुने निर्वाचनमा पुनः प्रत्यक्षतर्फबाट नै सहभागी हुने समेत जानकारी गराउँदछु,’ केसीले भनेका छन्।