एकपछि अर्को तनावमा सन्दीप लामिछाने - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

एकपछि अर्को तनावमा सन्दीप लामिछाने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले विज्ञप्तिमार्फत बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको जानकारी गराएका छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरिसकेका कारण उनलाई निलम्बन गरेको मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सन्दीपले बलात्कार गरेको भन्दै एक नाबालिग किशोलीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । अनुसन्धानका लागि सन्दीपलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइसकेको छ ।

सन्दीपलाई अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएसँगै प्रहरीले सन्दीपलाई जुनसुकै बेला पक्राउ गर्ने भएपछि क्यानले सन्दीपलाई निलम्बन गरेको हो ।

सन्दीप भने हाल क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । सन्दीपले आफू निर्दोष रहेको भन्दै क्यानसँग कानुनी सहायतका लागि अपिल गरेका थिए ।