घोषणापत्र लेखनको जिम्मा विश्वप्रकाश शर्मालाई
काठमाडौं- नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि घोषणपत्र निर्माण समितिको संयोजक तोकेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई घोषणपत्र लेखन समितिको संयोजक नियुक्त गरेका हुन् ।
यसअघि स्थानीय तह निर्वाचनमा अर्का महामन्त्री गगन थापाको संयोजकत्वमा घोषणापत्र लेखन समिति गठन भएको थियो ।