काठमाडौं बाहिर बिहानैदेखि भारी वर्षा, यस्तो हुनेछ आजको मौसम
प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आजकाे माैसम आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् । बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
अहिले बिहान प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।