महत्वपूर्ण निर्णय लिने झाँक्रीको संकेत, योगेश भट्टराईको अभाव खड्कियो - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

महत्वपूर्ण निर्णय लिने झाँक्रीको संकेत, योगेश भट्टराईको अभाव खड्कियो



पूर्वमन्त्री एवम् नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले महत्वपूर्ण निर्णय लिने संकेत गरेकी छन् । उनले महत्वपूर्ण निर्णय लिने बेला आफ्ना पूर्वसहकर्मी एमाले नेता योगेश भट्टराईलाई सम्झेकी छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत योगेशलाई जन्मदिनको शुभकामना दिँदै नेतृ झाँक्रीले महत्वपूर्ण निर्णय लिने बेला उनको अभाव महसुस हुने बताएकी हुन्।

गतवर्ष एमालेबाट फुटेर एकीकृत समाजवादी दर्ता गराउन अहम् भूमिका खेलेकी झाँक्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईलाई जन्मदिनको शुभकामना दिँदै झाँक्रीले लेखेकी छन्, ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाई’

एमालेमा रहँदा उनीहरु दुवै जना माधव नेपाल पक्षका भनि चिनिएका थिए । तर जब एमाले विभाजनका विषय आयो त्यसबेला भट्टराईले पार्टी फुटाउन नहुने भनेर ओलीको साथ दिए भने झाँक्रीहरु नयाँ पार्टी खोल्नतिर लागे ।