बुटवलमा 'कार्डियो वर्कआउट' सम्पन्न, हजार बढीको सहभागिता - Himal Post Himal Post
  • ६ पुष २०८१, शनिबार
  •      Sat Dec 21 2024
Logo

बुटवलमा ‘कार्डियो वर्कआउट’ सम्पन्न, हजार बढीको सहभागिता



बुटवल- बुटवलमा एकदिने सामूहिक ‘कार्डियो वर्कआउट’ सम्पन्न भएको छ । सर्वसाधारणलाई निशुल्क प्रवेश दिइएको ‘कार्डियो वर्कआउट’ करिब एक हजार बढीको उपस्थितिमा सम्पन्न भएको हो ।

द ब्यायामशाला र विभिन्न संघ संस्थाको सहकार्यमा भएको सामूहिक वर्कआउट कार्यक्रममा सर्वसाधारण निकै रमाएका थिए । न्यु होराइजन स्कुलको प्रांगणमा भएको खुला कार्यक्रममा सहभागीहरूको निशुल्क मधुमेह परिक्षण समेत गरिएको थियो ।

द ब्यायामशालाका प्रशिक्षक ममता प्रसाईं र अनुप विक्रम सुबेदीले सहजीकरण गरेको उक्त कार्यक्रमको संयोजन व्यवसायी नवराज पन्थीले गरेका थिए । कार्यक्रम बिहान ६ बजेदेखि सुरू भएको थियो ।

बुटवलबासीलाई स्वस्थ बनाउने अभियानका साथ गरिएको कार्यक्रम सारिरिक स्वस्थताका लागि जिम हाउस र क्लबहरूमा जान नसक्नेका लागि निकै प्रभावकारी भएको बताइएको छ । एकदिने प्रशिक्षणले जिमको पहुँचमा नभएका र घरमै ब्यायम गर्न रुचाउनेहरूलाई भोलिदेखि घरमै पनि कार्डियो वर्क आउट गरेर ब्यायामको मजा लिमे वातावरण बनाएको संयोजक पन्थीले बताए ।

‘हाम्रो बुटवल, स्वस्थ बुटवल’ नाराका साथ सुरू भएको कार्यक्रममा विभिन्न जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधी, सामाजिक व्यक्तित्व लगायत सर्वसाधारणको बाक्लो उपस्थिती थियो ।

कार्यक्रमका संयोजक नवराज पन्थीका अनुसार मिलिजुली महिला तथा बालबालिका संरक्षण समूह, लायन्स क्लब अफ बुटवल मणि उजेश, होटल द केभ, होटल सयपत्री, न्यु होराइजन स्कुललगायतका संस्थाहरूले कार्यक्रममा सहयोग गरेका थिए ।

आफ्नो संयोजनमा गरिएको ‘कार्डियो वर्क आउट’ कार्यक्रमले हजार भन्दा बढीले निशुल्क सेवा लिएको र कार्यक्रम भव्य रूपले सफल भएको संयोजक पन्थीले बताए ।