सांसदसहित आधा दर्जन नेतालाई एमालेले गर्‍यो कारबाही - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

सांसदसहित आधा दर्जन नेतालाई एमालेले गर्‍यो कारबाही



नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापासहित ६ जनालाई एमाले कैलालीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकालेको छ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम उनीहरूलाई कारबाही गरिएको जनाएका छन्।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको भन्दै अध्यक्ष पदबाट बर्खास्त गरिएका थापा बिहीबार मात्रै नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।

उनीसँगै एमालेले उनकी पत्नीसमेत रहेकी लम्कीचुहा नगरपालिकाकी निवर्तमान उपमेयर टिका थापा, तुला थापा, धरम थापा, दुजराम चौधरी र पूर्ण साउदलाई पनि कारबाही गरेको हो।