प्रतिनिधिसभाका लागि कैलाली-४ बाट सिफारिस भए नैनसिंह महर
काठमाडौं- संघीय तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिंदै जाँदा दलहरूले उम्मेदवार छान्ने र सिफारिस गर्ने क्रमले तिब्रता पाएको छ ।
यस्तै मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ४ बाट कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर सिफारिस भएका छन् । यो क्षेत्रबाट महरसहित ६ जना सिफारिस भएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को बुधबार बसेको बैठकले महरसहित कांग्रेस नेताहरू सुनिल कुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई सिफारिस गरेको हो ।