केन्द्रीय सदस्य तामाङलाई साधारण सदस्यसमेत नरहने गरि नेकपा एसले गर्‍यो कारबाही - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

केन्द्रीय सदस्य तामाङलाई साधारण सदस्यसमेत नरहने गरि नेकपा एसले गर्‍यो कारबाही



धनगढी- नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिश गरिएको हो।

केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिश गरिएको छ। उनलाई प्रदेशसभा सदस्यको पदबाट पनि कारबाही गर्न संसदीय दललाई निर्देशन दिइएको छ।

समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहका अनुसार तारा लामा तामाङले पार्टीको अनुशासन र मर्यादाविपरीत पार्टीको वैधानिक व्यवस्थाविरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएका थिए। त्यसकारण उनलाई कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिश गरिएको हो। तामाङले सोमबारमात्र प्रदेशसभा बैठकमा आफू एमालेमै फर्कने कुरा जानकारी गराएका थिए।

नेकपा एमालेबाट प्रदेश सांसद निर्वाचित भएका उनले एमाले विभाजनपछि नेकपा एकीकृतसमाजवादीमा सनाखत गरेका थिए। आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव पनि हुन्।