महेश बस्नेत तनावमा - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

महेश बस्नेत तनावमा



एमाले नेता एवं युवा संघका इन्चार्ज महेश बस्नेत तनावमा परेका छन् । सामाजिक सञ्जालमा महेशलाई लखेटिएको भन्दै भिडियो भाइरल भएपछि उनी तनावमा परेका हुन् ।

उनले आफूविरुद्ध गलत प्रचार भएको भन्दै नेपाल प्रहरीको साइबर व्यूरोमा उजुरी गर्ने भएका छन्।

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता गर्ने समयमा माओवादी कार्यकर्ताहरु टिकटको कुरालाई लिएर आफैं आफैं बीचमा कुटपिट गरेको भिडियो सार्वजानिक गरी महेश बस्नेतलाई लखेटियो भन्ने भ्रम फैलाएकाले त्यसको कानुनी उपचार खोजिने बताएका हुन्।

मंगलबार सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ।

नेकपा (एमाले) का नेता हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतको चरित्र हत्या गर्ने गरी उक्त भिडियो केशव थुलुङ नाम गरेका फेसबुक प्रयोगकर्ताबाट भर्खरैमात्र सार्वजानिक भएको छ, यो भ्रम फैलाउने प्रोपोकाण्डा हो। यसको कानुनी उपचार खोज्ने तयारी भएको छ’, युवा संघ नेपालका सचिवालय सदस्य निरोज पौडेलले भने।

उनका अनुसार गलत नियतले भिडियो सार्वजानिक गरिएको हो। ‘वाईसिएल नेपालको समेत नाम जोडी प्रचार गरिएको छ यसमा वाइसीएलको पनि बद्नाम भएको छ’, सचिवालय सदस्य पौडेलले भने।

‘यो साईवर अपराध हो। यसको तत्काल कानुनी उपचार खोजिने छ, यस्ता कुकर्म तत्काल वन्द गर्न चेतावनी दिन चाहन्छौँ। हामी अन्याय गर्दैनौँ र अन्याय पनि सहदैनौँ।’