देश र कांग्रेस दुबैको हित नगर्ने भन्दै गठबन्धन तोड्न कांग्रेस सांसदको माग - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

देश र कांग्रेस दुबैको हित नगर्ने भन्दै गठबन्धन तोड्न कांग्रेस सांसदको माग



काठमाडौं- नेपाली कांग्रेसकी सांसद् पार्वती डिसी चौधरीले कांग्रेस जोगाउने हो भने माओवादी केन्द्रसँगको गठबन्धन तत्काल तोड्नुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभाको भदौ १३ गते बसेको बैठकमा बोल्दै सांसद् चौधरीले यो गठबन्धनले देश र कांग्रेस पार्टी दुबैको हित नगर्ने बताइन्।

“प्रधानमन्त्री तथा पार्टी सभापतिलाई हार्दिक अनुरोध गर्न चाहन्छु्, माओवादी र कांग्रेसको अपवित्र चुनावी गठबन्धनले न त देशको हित गर्छ न पार्टीको हित गर्छ“ चौधरीले बैठकमा भनिन्, “यस्तो अपवित्र गठबन्धन गर्नु जनतासँगको बेइमानी पनि हो। कांग्रेसलाई बचाउने यो अपवित्र गठबन्धन तोडी कांग्रेस एक्लै चुनावमा जानुपर्दछ।”

एक्लै चुनाव लडे पनि कांग्रेसलाई ठूलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने चौधरीको भनाइ छ।  उनले भनिन्, एक्लै चुनाव लड्ने हिम्मत् गर्नुस्, आँट गर्नुस्, जीवनको अन्तिम घडीमा एउटा राम्रो काम गरेर जानुस्। होइन भने वर्तमानदेखि भावी पुस्ताले समेत सराप्ने छ।”