निहारिका प्रकरण : डीएनए परीक्षण गर्न अदालतले दियो आदेश - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न अदालतले दियो आदेश



काठमाडौं- उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् ।

उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाले आरोपित शिवराजलाई निर्दोष ठहर गर्दै सफाइ दिएपछि निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी थिइन् ।

गत माघ २४ गते जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले शिवराजलाई सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि निहारिका अन्यायमा परेको भन्दै काठमाडौंमा पटक-पटक अनशन बस्दै आएकी थिइन् ।