सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ? - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

सुरक्षा अधिकारीसँग राष्ट्रपतिले किन गरिन् छलफल ?



काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् ।

राष्ट्रपति भण्डारीले उनीहरूलाई बुधबार शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनीहरुलाई धन्यवाद दिएकी छन् ।

दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ मा राष्ट्रपति निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।