काठमाडौंबाट चुनाव नलड्ने गोकर्ण विष्टको घोषणा - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

काठमाडौंबाट चुनाव नलड्ने गोकर्ण विष्टको घोषणा



काठमाडौं- नेकपा एमालेका सचिव गोकर्ण विष्टले काठमाडौंबाट चुनाव नलड्ने घोषणा गरेका छन् । केही समयदेखि विष्ट काठमाडौंबाट चुनाव लड्ने चर्चा हुँदै आएको थियो ।

आगामी निर्वाचनमा आफू गुल्मी–२ बाट नै निर्वाचन लड्ने बताउँदै उनले काठमाडौंबाट चुनाव लड्ने हल्ला सत्य नभएको बताएका छन् । सचिव विष्ट गुल्मीबाहेक अन्य क्षेत्रबाट पनि चुनावमा उठ्न सक्ने जिल्लाका केही नेताहरूले बताउँदै आएका छन् ।

पार्टीमा लोकप्रिय नेता मानिएका उनले मानिएका विष्टले आफू जन्मभूमि भएको निर्वाचन क्षेत्रबाहेक अन्य क्षेत्रमा नजाने दाबी गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै पदाधिकारी प्रत्यक्ष निर्वाचन उठ्ने बताएलगत्तै उनले काठमाडौंबाट चुनाव लड्ने चर्चा हुँदै आएको थियो ।

उनले आफू गुल्मी–२ बाट नै चुनाव लड्ने तयारी गरेको बताएका छन् । अन्य क्षेत्रमा कसैले हल्ला चलाएको भए त्यसलाई हल्लाका रूपमा मात्रै विष्टले बताएका छन् ।

एमालेकै केही नेताहरूले उनलाई काठमाडौं–६ बाट चुनाव लड्ने बताउँदै आएका छन् । कतिपय नेताहरूले उनलाई काठमाडौं-६ बाट चुनाव लड्न सुझाव दिएका थिए ।

काठमाडौं–६ मा यसअघि एमालेका युवा नेता योगेश भट्टराईले पनि प्रतिस्पर्धा गरेका थिए । यसअघि लगातार चारवटा निर्वाचनमा गुल्मी–२ बाट उठेका विष्टले एउटा निर्वाचन मात्रै हारेका छन् ।

अन्य निर्वाचनमा भने उनले अत्यधिक मतले चुनाव जितेका छन् ।