रवि लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन बहिस्कार - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

रवि लामिछानेको पार्टीद्वारा प्रदेशसभा निर्वाचन बहिस्कार



रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रदेश तहको निर्वाचन बहिस्कार गर्ने भएको छ ।

लामिछानेले एक भिडियो सन्देश जारी गर्दै नागरिकको आवाज सुनेपछि पार्टी केन्द्रीय समिति बैठकले प्रदेशसभा निर्वाचनमा सहभागी नुहने निर्णय गरेको बताएका छन्।

नागरिकका आवाज सुन्ने र समाधानका उपाय खोज्ने निर्णय आफ्नो पार्टीले गरेको उनले बताए। खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी सक्नुभन्दा सुधारेर जानु आवश्यक भएको भन्दै प्रदेशसभामा सहभागी नुहँदा मुलुकको खर्च जोगिने कारणले सो निर्णय गरेको उनले बताएका छन्।

यो निर्वाचनमा हाम्रो उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ,’ लामिछानेले भनेका छन्, ‘यही संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन।’

प्रदेशसभा निर्वाचनमा सहभागी नुहने कुराको जानकारी निर्वाचन आयोगलाई समेत गराइएको उनले बताएका छन्। ‘प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं,’ लामिछानेले भनेका छन।

खर्चिलो संरचना बनाएर राज्यको ढुकुटी खर्च नगर्ने
रवि लामिछानेको पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने