गायक रोशन सिहंलाई नानु घलेले रोजे पछि बजारमा चर्चा बढ्दो (भिडियो सहित) - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

गायक रोशन सिहंलाई नानु घलेले रोजे पछि बजारमा चर्चा बढ्दो (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय नेपाली गीत संङ्गीतको क्षेत्रमा थुप्रै नयाँ गायकहरुको जन्म भइरहेको छ । केही आफ्नो उचाइमा पुगिरहेका छन् त कोही २/३ वटा गीतमा देखिएर हराउनेहरु पनि छन्। यही भीडमा एक चर्चित नाम हो रोशन सिहं युवा पुस्ताले निकै रुचाएका गायक रोशन पछिल्लो गीत सङ्गीतको बजारमा चर्चामा छन् यसैक्रममा केही दिन अगाडि मात्र स्वरमा रहेको गीत “ बुट्टे चोलीले ” सार्वजनिक भएको छ ।

गीतमा रोशन सिंह र नानु घलेको स्वर रहेको छ यस्तै नानु घलेको शब्द मा रोशनले नै लय भरेका छन् । नानु घलेको प्रस्तुतिमा बजारमा आएको गीतको भिडियोलाई विक्रम चौहानको निर्देशन, बासु बरालको छायाङ्कनमा मिलन बि.कले सम्पादन गरेका छन् । भिडियोमा विक्रम चौहान र मालती घलेको उत्कृष्ट अभिनय रहेको छ । गीतलाई रक्षा म्युजिक प्रा लीले बजार व्यवस्थापन गरेको छ ।