एमालेले दुईतिहाई नल्याए राजनीतिबाटै सन्यास लिने खगराजको घोषणा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

एमालेले दुईतिहाई नल्याए राजनीतिबाटै सन्यास लिने खगराजको घोषणा



काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले दुईतिहाई महुमत नल्याए राजनीतिबाट नै सन्यास लिने घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै अधिकारीले दलहरू एक्लाएक्लै लड्दा एमाले एक्लैले दुईतिहाइ बहुमत ल्याउने दाबी गरेका हुन् । अधिकारीले त्यसरी लड्दा एमालेले दुईतिहाइ नल्याए आफू राजनीतिबाटै संन्यास लिने घोषणा गरेका छन् ।

उनले भने, ‘एक्लाएक्लै लडे कांग्रेसले एक सिट पनि जित्दैन । अब काँग्रेस एक्लै लड्न नसक्ने भयो । कांग्रेस एक्लै लड्न आओस्, हामी दुईतिहाइभन्दा बढी सिटमा जित्छौँ । यदि, हामीले दुईतिहाइभन्दा बढी सिट जितेनौँ भने म राजनीति छोडिदिन्छु ।’

नेता अधिकारीले अहिलेको पाँच दलीय गठबन्धनलाई वित्तीय गठबन्धनको संज्ञा पनि दिए । ‘एमाले माक्र्सवाद–लेनिनवादमा विश्वास गर्छ । अहिलेको गठबन्धन वित्तीय गठबन्धन हो’ अधिकारीले कांग्रेसले एसपीपी अर्को ढंगले अघि बढाउन खोजेको आरोप लगाए । उनले पार्टीको अर्थ विभागमा रहेको नाम एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको दाबी गरे ।

सन्यास लिने घोषणा गरेका खगराजले अहिलेको सरकारका कारण देश जटिल अवस्थामा पुगेको भन्दै उत्पादनमा वृद्धि गरेर, स्वदेशी पुँजी निर्माण गरेर दलाल पुँजीलाई विस्थापित गर्न खोजेका थियौं । संघीयतालाई गतिलो तवरले कार्यान्वयन गर्नुपर्छ ।’ उनले देशको परराष्ट्र नीतिमा अहिले गम्भीर चुनौती खडा भएको सुनाए ।