विदेशमा रहेका नेपाली अझै स्वदेश फर्कने बेला भएको छैन: प्रचण्ड - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

विदेशमा रहेका नेपाली अझै स्वदेश फर्कने बेला भएको छैन: प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् ।

जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा अझै राजनीतिक स्थायित्व कायम नभएकाले विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका हुन् ।

‘म तपाइहरु समक्ष म इमान्दारपूर्वक भन्न चाहन्न्छु, तपाइहरु अझै स्वदेश फर्कने बेला भएको छैन’, प्रचण्डले भने, ’केही समय पर्खिनुहोस्, हामी राजनीतिक स्थायित्व कायम गर्नेतर्फ अग्रसर भएका छौँ, तपाइहरुलाइ स्वदेश फर्कने वातावरण मिलाउदैछौँ ।’