गठबन्धनबाट उछिट्टिएका भट्टराई ओलीको शरणमा ! - Himal Post Himal Post
  • २० कार्तिक २०८१, मंगलवार
  •      Tue Nov 5 2024
Logo

गठबन्धनबाट उछिट्टिएका भट्टराई ओलीको शरणमा !



काठमाडौं- जनता समाजवादी पार्टीबाट बोनसका रूपमा महेन्द्र राय यादवलाई लिएर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्ता गठबन्धनले बेघरबार बनाइदिएको छ ।

यससँगै आफैले चर्को आलोचना गर्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग लहसिने मनस्थितिमा भट्टराई पुगेका छन् । सत्ता गठबन्धनले भाउ नदिएपछि राजनीतिक भविष्य नै धरापमा परेको निष्कर्षसहित उनी ओली क्याम्पमा जाने तयारी गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेससहितका पाँच दलले निर्वाचनमा तालमेलको निर्णय गर्दा भट्टराई उपस्थित थिएनन् । यसको अर्थ हो डा. भट्टराईले आजसम्म खाइपाई आएको गोरखाको २ नम्बर क्षेत्र गुमाउनु पर्नेछ । २०७४ सालमा कांग्रेसको निगाहामा सांसद बनेका भट्टराई अहिले एमालेको सहयोग लिनुपर्ने अवस्थामा पुगेका छन् ।

स्रोतका अनुसार ओलीसँग कुराकानी गर्न भट्टराईले प्रतिनिधिसमेत खटाएका छन् । बालकोटबाट ग्रीन सिग्नल अझै आएको छैन । तर गठबन्धनमा पुनः सामेल नहुने सर्तमा भट्टराईलाई सहयोग गर्न ओली तयार देखिन्छन् ।