चौतर्फी आलोचना भएपछि प्रचण्डले तत्कालै सच्चाए बोली - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

चौतर्फी आलोचना भएपछि प्रचण्डले तत्कालै सच्चाए बोली



नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोली सच्याएका छन् ।

जापान भ्रमणमा रहेका प्रचण्डले आज बिहान जापानको एक शहर फुकुओकामा एक कार्यक्रममा बोल्दै जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग भेट नभएको तर विभिन्न संचार माध्यममार्फत कुराकानी मात्र हुने गरेको बताएका हुन् ।

त्यसअघि उनले नारितामा आफूले आबे नेपाल आउँदा २-३ पटकसम्म भेटेको भन्दै झुट बोलेका थिए ।

२ पटकसम्म जापानको प्रधानामन्त्री बनेका आबे नेपाल भ्रमणमा आएका थिएनन् ।

प्रचण्डले झुटो बोलेको भन्दै चौतर्फी आलोचना खेपेपछि आफ्नो बोली सच्याएका हुन् ।