फुल फुल्यो केसरिमा कृष्माको यस्तो छमछमी (भिडियो सहित ) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

फुल फुल्यो केसरिमा कृष्माको यस्तो छमछमी (भिडियो सहित )



समिर प्रकाश पाण्डे 

लोक दोहोरी गायक प्रकाश कटुवाल र गायिका लक्ष्मी मल्लको स्वरमा नयाँ लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । फुल फुल्यो केसरि बोलको लोकदोहोरी गीतमा मायाप्रेमका कुरा जोडिएको छ ।

सार्वजनिक उक्त गीतमा गायक कटुवालले नै शब्द सङ्गीत भरेका छन् । शङ्कर बि सी को निर्देशनमा रहेको म्युजिक भिडियोलाई छयाङकन राजेश घिमिरेले ले गरेका छन् । कृष्मा , जीवन, सनम र रामको अभिनय रहेको म्युजिक भिडियो लाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन ।

गायक कटुवालले दर्जनौं चर्चित लोक तथा दोहोरी गीत गाईसकेका छन् । चोरबिरालो पल्क्यो, यो रक्सीको गन्ध,साढे गोरु ढाडे बिरालो लगायतका गीतहरू निकै चर्चा को शिखर मा छ्न ।

गीतको विषयमा बोल्दै गायक कटुवाल भन्छन् विगतका गीत झैँ यो गीतलाई पनि दर्शक श्रोताले मन पराउनेमा आफू विश्वस्त छु ।उनले केही समय पछि तिज कोसेली लुते बिरालो पनि बजारमा आउने जानकारी दिनु भयो ।सम्पूर्ण टिमलाई हाम्रो तर्फ बाट सफलताको कामना ।