गौतमश्री सहकारीका अध्यक्षले भने- भागेका छैनौँ, देश बाहिर छौँ - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

गौतमश्री सहकारीका अध्यक्षले भने- भागेका छैनौँ, देश बाहिर छौँ



काठमाडौं- जनताको करोडौँ रकम कुम्ल्याएर भागेका भनिएका गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबहादुर गौतमले आफूहरू नभागेको बताएका छन् ।

उनले भागेको भन्ने समाचार भ्रामक भएको र आफू सम्पर्कमै रहेको जनाएका छन्। काठमाडौं महानगरपालिका–१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारी संस्थाका सञ्चालक फरार भएको भन्दै ११ सय ४५ जना बचत कर्ताले उजुरी दिएका थिए।

त्यसपछि संस्थाका अध्यक्ष गौतमले विज्ञप्ति जारी गर्दै आफू देश बाहिर भएकाे हुँदा सम्पर्क नभएको र बचत कर्ताको पैसा खाएर नभाग्ने प्रतिवद्धता जनाएका छन्।