धनगढीका मेयर हमाल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

धनगढीका मेयर हमाल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा



धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका छन् । भेलामा सहभागी भएका छन्।

शनिबार धनगढीमा आयोजित पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश भेलामा हमाल सहभागी भएका हुन्।

गत स्थानीय तह निर्वाचनमा हमाल धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्रबाट मेयर चुनिएका थिए।

गत ७ असारमा पार्टी घोषणा गरेका लामिछाने त्यसयता विभिन्न प्रदेशमा पुगेर भेला आयोजना गरिरहेका छन्। सोही अभियानअन्तर्गत आज (शनिबार) धनगढीमा प्रदेश भेला आयोजना गरिएको हाे।

सो भेलामा सम्बोधन गर्दै मेयर हमालले भने, ‘रवि लामिछाने आयो कराउँछ जान्छ भन्छन् कतिपयले, यदि यसपालि पनि हामीले विकल्पको खोजी गरेनौं भने यो पुस्ताको भविष्य सकियो।’