विष्णु पौडेल भन्छन्- सरकार विदेशीको कठपुतली बनेको पुष्टि भयो - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

विष्णु पौडेल भन्छन्- सरकार विदेशीको कठपुतली बनेको पुष्टि भयो



सिन्धुली- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन सरकार विदेशीले चलाएको आरोप लगाएका छन् । अर्थमन्त्रीको बजेट काण्ड देखि नागरित्ता विधेयक सबै विदेशीको ईसारा र निर्देशनमा आएको आरोप उपाध्यक्ष पौडेलले लगाए ।

उपाध्यक्ष पौडेलले देशको समृद्धि र सही दिशातर्फ लैजानका लागि अहिलेको संसद भंग गर्नुपर्ने बताए । प्रेस चौतारी सिन्धुलीद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उपाध्यक्ष पौडेलले अहिलेको संसदले देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै तत्काल निर्वाचनमा जानुपर्ने बताए ।

उनले गठबन्धन सरकारले संसदबाट पारित गरेको नागरिकता विधेयक विदेशीको इशारामा ल्याएको र यो सरकार विदेशीको कठपुतली भएको प्रमाणित गरे ।

तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो संसदबाट देशले निकास नपाउने भन्दै संसद विघटन गरी घोषणा गरेको निर्वाचनको औचित्य अहिले आएर गठबन्धन सरकारले नै पुष्टि गरेको बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले सरकारले ल्याएको बजेटको नाटक र नागरिकता विधेयकले सरकार विदेशीको इशारामा चलेको थप पुष्टि गरेको दाबी गरे ।

उनले बजेट वक्तव्यमा देखिएको तमासाले आम नागरिकमा सरकारको गोपनियतार विश्वास दुवै गुमेको बताउँदै तोकिएको समयमा संघ तथा प्रदेशको निर्वाचन नगराउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

एमाले निर्वाचन सार्ने गठबन्धनको षड्यन्त्रको मुकाबिला गर्न तयार रहेको पनि बताए । आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएमा नेकपा एमालेले बहुमत ल्याउने र नभएपनि देशको सबैभन्दा ठूलो दल हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

अर्थतन्त्रको परिसुचकले नेपालको अर्थतन्त्र अन्तन्त कमजोर रहेको र कुनै पनि विदेशी मुद्राको सञ्चिति सकिने बताए । नेपालको अर्थतन्त्रले वस्तु र सेवा खरिद गर्न नसक्ने अबस्थामा पुगिसकेको बताउँदै एमालेले मुलुकको शासन सत्ता छोड्दा अर्थतन्त्र मजबुत रहेको उल्लेख गरे ।

उनले विदेशीको इशारामा चलेको सरकारले देश गंभीर आर्थिक संकटमा पुर्‍याएको र यसको एउटै विकल्प एमालेको सरकार रहेको दाबीसमेत गरे ।

उनले यदि तत्काल संसद भंग गरी निर्वाचनमा नजाने हो भने देश दुरगतिको वाटोमा जाने ठोकुवा गरे ।