सागर ढकालले यसरी सुरू गरे डडेल्धुरामा चुनावी अभियान - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

सागर ढकालले यसरी सुरू गरे डडेल्धुरामा चुनावी अभियान



कैलाली- पाँच वर्ष पहिले प्रधानमन्त्री शेरबहादुर देउवासँग बिबिसीको साझा सवालमा सवाल जवाफमा उत्रिएर चर्चामा आएका सागर ढकालले डडेल्धुरामा चुनावी अभियान थालेका छन् ।

प्रधानमन्त्री देउवा विरुद्ध चुनावी मैदानमा उत्रिएका उनी केदिन अगाडि मात्रै डडेल्धुरा पुगेका थिए ।ढकालले बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै आगामी प्रतिनिधिसभाको चुनाव डडेल्धुराबाट लड्ने घोषणा गरेका छन् ।

सागर ढकाल चुनाव लड्ने भनिएको क्षेत्र २०४८ सालदेखि देउवा अपराजित रहेको क्षेत्र हो । लगातार पाँच पटक सम्म निर्वाचित भएका देउवालाई धक्का दिने उद्देश्यले ढकालले फरक अभियानसहित उत्रिएको बताएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले मुलुक हाँक्न ४० वर्ष मुनिका युवा आवश्यक रहेको बताए। ।उनले यस पटक देउवालाई आराम गर्न दिने भन्दै चुनावी मैदानमा उत्रिएको दाबी गरे ।

‘शेरबहादुर देउवालाई स–सम्मान आराम दिने हो। उहाँहरूले धेरै मेहनत गर्नु भयो। हाम्रो लागि बोल्ने वातावरण बनाइदिनु भयो,’ उनले भने, ‘बुवा पुस्ता गगन थापा, योगेश भट्टराई, घनश्याम भुसालहरू ढुङ्गा मुडा गरेर आउनु भएको हो। उहाँहरू लोकतन्त्रको लागि लड्दिनु भयो। अब सल्लाह दिने काम गर्नुहुन्छ।’

डडेल्धुराबाट देशभरि सन्देश दिन आफूले उम्मेदवारी घोषणा गरेको उनको भनाइ थियो । बुधबार बस चढेर उनी डडेल्धुरा पुगेका हुन्। ढकाल पेसाले इन्जिनियर हुन्।