अमेरिकामा नयाँ शक्तिशाली पार्टी जन्मियो - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

अमेरिकामा नयाँ शक्तिशाली पार्टी जन्मियो



काठमाडौं- दुईदलीय अभ्यास भइरहेको संयुक्त राज्य अमेरिकामा तेस्रो शक्तिशाली पार्टी जन्मिएको छ । डेमोक्रेटिक र रिपब्लिकन पार्टी छोडेका नेता तथा कार्यकर्ताहरूले तेस्रो पार्टी खोलेको घोषणा गरेका हुन् ।

नयाँ पार्टीको नाम फरवार्ड राखिएको छ । जसको नेतृत्व पूर्वडेमोक्रेटिक एन्ड्रू याङ र न्युजर्सीकी पूर्वगभर्नर क्रिस्टिन टड ह्वाइटम्यानले गर्ने निश्चित भएको छ ।

याङ सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्न खोजे पनि उनी बीचमै प्रतिष्पर्धाबाट बाहिरिएका थिए । ह्वाइटम्यान भने रिपब्लिकन पार्टीबाट गभर्नर बनेकी थिइन् ।

दुईदलीय प्रणाली अमेरिकामा काम नलाग्ने हुँदै गएको निष्कर्ष निकाल्दै उनीहरूले नयाँ पार्टी खालेका हुन् ।

अब अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनको दबदबा अन्त्य हुने विश्वास गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा विश्लेषण आइरहेका छन् ।