अब बाँचुन्जेल सामाजिक कार्यमा लाग्‍ने रामचन्द्रको घोषणा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

अब बाँचुन्जेल सामाजिक कार्यमा लाग्‍ने रामचन्द्रको घोषणा



तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू बाँचुन्जेल सामाजिक कार्यमा लाग्‍ने बताएका छन् । व्यास नगरपालिका-१४ स्थित कुलुङ्गमा मंगलबार कार्यकर्तासँग भेटघाटका क्रममा उनले सो कुरा बताएका हुन् ।

हिजोका दिनमा जिल्लाको विकास निर्माणका काम गर्दै आएको उल्लेख गर्दै नेता पौडेलले भोलिका दिनमा पनि काम गरेर देखाउने आफ्नो योजना रहेको जानकारी दिए । ‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ उनले भने, ‘अब गाउँमा विकासको मूल फुटाउने गरी काम गरेर देखाउन चाहन्छ छु ।’

व्यास नगरपालिका-१२ को छिर्कनबाट व्यास-१४ को कुलुड हुँदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको र कुलुङ्ग, छाब्दी तथा बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचुर सम्भावना रहेको नेता पौडेलले बताए । पर्यटकीय प्रवर्द्धन गर्नका लागि यहाँको ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र सम्वर्द्धनमा जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।

विगतमा अवरुद्ध भएका विकासलाई निरन्तरता दिँदै थप विकासका बारेमा बुझ्‍न आफूले घरदैलो अभियान कार्य अघि बढाएको चर्चा गर्दै नेता पौडेलले कुलुङ्ग खानेपानी योजना आफ्नै पहलमा निर्माण भइ उद्घाटन समेत गरिएको जानकारी दिए ।