चिनियाँले सञ्चालन गरेको काठमाडौंको कल सेन्टरमा पनि प्रहरीको छापा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

चिनियाँले सञ्चालन गरेको काठमाडौंको कल सेन्टरमा पनि प्रहरीको छापा



काठमाडौं- जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिकले सञ्चालन गरेको कल सेन्टरमा छापा मारेको छ।

काठमाडौंको तीनकुनेमा सञ्चालन गरिएको कल सेन्टरमा प्रहरीले छापा मारेको हो। छापा मारेर प्रहरीले विभिन्न उपकरणहरु बरामद गरेको छ। अहिले मुचुल्काको काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए।

उनीहरुले कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गरेको प्रहरीले दाबी गरेको छ। आइतबार मात्रै रुपन्देहीमा पनि प्रहरीले अवैध कल सेन्टरमा छापा मारेको थियो। सो क्रममा करिब २०० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ।

यसअघि पनि काठमाडौंमा चिनियाँ नागरिकले घर भाडामा लिएर अवैध धन्दा सञ्चालन गरेको आरोपमा छापा मारेर ठूलो संख्यामा चिनियाँ नागरिकलाई पक्राउ गरिएको थियो।