अब एमालेको सरकार बन्छ: केपी शर्मा ओली - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

अब एमालेको सरकार बन्छ: केपी शर्मा ओली



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनपछि एमालेको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।

बुधबार पार्टीको वाग्मती प्रदेश भेलामा उनले आउँदो मंसिरमा संसदीय निर्वाचन गर्नैपर्ने र ठूलो दल भएर एमालेको सरकार बनाउनुपर्ने बताए । राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको प्रश्न, राष्ट्रिय हितलाई अघि बढाउने विषय एमालेले मात्र पूरा गर्न सक्ने उनको भनाइ छ ।

“राष्ट्रिय हितलाई अघि बढाउन सक्दछ, त्यो भनेको एमालेको सरकार । एमालेको सरकार गठन गर्न सक्नुपर्छ आगामी निर्वाचनबाट,” उनले भने ।

उनले सरकारले जनतलाई दुःख दिइरहेको जिकिर गरे । “पार्टीका केहीका नाममा देश लुट्ने परिस्थितिबाट मुक्ति दिन जरुरी छ,” उनले भने ।