छानबिन समितिले माग्यो जेठको फुटेज, अर्थले लगातार गर्दैछ आनाकानी - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

छानबिन समितिले माग्यो जेठको फुटेज, अर्थले लगातार गर्दैछ आनाकानी



काठमाडौ- बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराएको प्रकरणमा छानबिन गर्न गठित समितिलाई अर्थ मन्त्रालयले उक्त समयको सीसीटीभी फुटेज उपलब्ध गराउन आनाकानी गरेको छ। अर्थ मन्त्रालयलाई जेठको सीसीटीभी फुटेज मागेकामा मन्त्रालयले भने असारको पठाइदिएको छ।

समितिका एक सदस्यका अनुसार दुईपटक खुलाएर पत्र लेख्दा पनि असारको मात्रै उपलब्ध गराएको हो। समितिका एक सदस्य भन्छन्, ‘बजेट निर्माणको समयलाई केन्द्रमा राखेर जेठको फुटेज मागिएको थियो र कार्यविधिअनुसार भनेर असार र वैशाखको पनि मागिएको थियो। तर असारको मात्रै उपलब्ध गराइयो।’

अर्थले दोस्रो पटक पनि असारको नै फुटेज पठाएपछि समितिका सदस्यहरुले जेठको उपलब्ध गराउन नसकिने लिखित पत्र पठाउन भनेका थिए। तर जेठको डिलिट भएको लिखित पठाउनसमेत आनाकानी गरिएको छ।

समितिले आइतबारै मन्त्रालयका सीसी टीभी इन्जिनियर, महाशाखा प्रमुख र अन्य प्राविधिकसँग छलफल गरेको छ। जेठ महिनाको सीसी टीभी फुटेज रेकर्ड गरिएको हार्डडिस्कसमेत मगाउने तयारी गरेको छ। उक्त हार्डडिक्सबाट सफ्टवेयरको प्रयोग गरी जेठको फुटेज फिर्ता ल्याउने कोसिस गरिने बताइएको छ।

मंगलबारदेखि काम थालेको समितिले आइतबार दुईटै सचिवसँग सोधपुछ गरेको छ। राजश्व सचिव कृष्णहरि पुष्करपछि अर्थ सचिव मधु मरासिनीसँग सोधपुछ गरेको हो।

जेठ १४ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गराएर करको दर परिर्वतन गराएको आरोप लागेको थियो । उक्त आरोपपछि शर्मा राजिनामा दिएका थिए। सोही दिन संसदले उनीमाथि छानविन गर्न ११ सदस्य समिति गठन गरेको थियो।