पेट्रोलियम पदार्थमा मूल्य फेरि बढ्ने - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पेट्रोलियम पदार्थमा मूल्य फेरि बढ्ने



काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा अझै मूल्य बढाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उनले रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएको बताए । सोही कारण नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनले स्पष्ट पारे ।

“पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजार मूल्यवृद्धि भएको छ । त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनुपर्ने बाध्यता छ,” कांग्रेस केन्द्रीय सदस्य समेत रहेका बडूले बैठकमा भने, “महँगीका कारण उपभोक्तामा असर परेको छ । पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने हाम्रो प्रयास जारी छ ।”