उपेन्द्रलाई थप झड्का: प्रभावशाली नेताले छोडे जसपा - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

उपेन्द्रलाई थप झड्का: प्रभावशाली नेताले छोडे जसपा



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा विवाद चुलिएका बेला अध्यक्ष उपेन्द्र यादवनिकट केन्द्रीय कार्यकारणी सदस्य रेणु कुमारी यादवले पार्टी परित्याग गरेकी छन्।

केन्द्रीय सदस्य समेत रहेकी रेणुले कुनैपनि पदीय जिम्मेवारीमा नरहने गरी बिहीबार जसपा परित्यागको घोषणा गरेकी हुन्। व्यक्तिगत कारणले पार्टी त्यागेको उनको भनाइ छ।

‘‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु’’, उनले भनिन्, ‘‘तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।’’