पार्टी खोलेको पाँच दिनमै निष्काशित भए वामदेव गौतम - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

पार्टी खोलेको पाँच दिनमै निष्काशित भए वामदेव गौतम



नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्काशित भएका छन् ।

गत असार ११ गते ललितपुरको सिद्धार्थ कटेजमा भएको अभियानको दोस्रो भेलाबाट अभियानमा जोडिएका समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा(राष्ट्रवादी) र आम नेपाली पार्टी अध्यक्षहरुले छुट्टै बैठक बसेर बहुमतको निर्णयले गौतमलाई संयोजकबाट निष्काशित गरेको उल्लेखित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

चार पार्टीको बैठकले अभियानको संयोजकमा सचिवालय सदस्य युवराज सफललाई चयन गर्दै गत असार ११ मा निर्माण गरिएको केन्द्रीय समिति भंग गरी ११ सदस्यीय नयाँ केन्द्रीय समिति घोषणा गरेको जनाएको छ ।

यस्ता छन् गौतममाथि लगाइएको पाँच आरोप

१.सांगठनिक अराजकता, निरङकुश ,तानाशाही शैली , चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरिएको,

२.अहंकारवादी सोच र एकलौटी निर्णय गरिएको,

३. जालझेल ,छलछाम ,षड्यन्त्र र तिकडमबाजी कार्यशैली अपनाइएको,

४. नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध दलहरुको आडमा शक्ति बनाई सो शक्तिको चरम दुरुपयोग गरी उल्लेखित शक्तिहरुलाई सिध्याउने गतिविधी गरिएको,

५. सम्पुर्ण बामपंथी तथा समाजवादी शक्तिलाई बृहत कम्युनिष्ट एकतामा जोड्ने योजना बमोजिम नेकपा एकता राष्ट्रिय अभियान गठन गरिएकोमा संयोजक कमरेड बामदेव गौतमले सो निर्धारित उद्धेश्य विपरित अभियानलाई सत्ता, शक्ति ,पद प्राप्तिको लागि बार्गेनिङको माध्यम बनाएको ।