जसपाका सबै मन्त्री फिर्ता, आइतबारसम्म नयाँ मन्त्रीको सपथ - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

जसपाका सबै मन्त्री फिर्ता, आइतबारसम्म नयाँ मन्त्रीको सपथ



काठमाडौं- विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी (जसपा)ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ। मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको सो पार्टीले जनाएको छ।

पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको र आइतबारसम्ममा नयाँमन्त्रीले शपथ लिने पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीले पुष्टि गरे।

सरकारका जसपाबाट ४ जना मन्त्री छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री छन्।

पार्टीका मन्त्री हटाउने अधिकार पार्टीको कार्यकारणी समितिको बैठकले कार्यकारणी समिति अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ। सो निर्णयपछि संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष आक्रोशित बनेको हो।