वामदेव गौतमको पार्टीमा पत्नी र छोरा केन्द्रिय सदस्य - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

वामदेव गौतमको पार्टीमा पत्नी र छोरा केन्द्रिय सदस्य



काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा उनकी पत्नी र छोरा पनि अटाएका छन्।

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम छन् भने सचिवमा डिबी कार्की रहनेछन्।

६७ जना केन्द्रीय सदस्यमा गौतम पत्नी तुल्सी थापा र छोरा हरिषदेव गौतम पनि केन्द्रीय सदस्यमा समेटिएका छन्।

उनकी पत्नी थापा नेकपा एमालेको प्रतिनिधिसभा सदस्यसमेत हुन्। तर अहिले एमाले छाडेर एकता अभियानमा लागेकी छन्।