कोरिया भाषा परिक्षामा १ हजार ८ सय जना पास - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

कोरिया भाषा परिक्षामा १ हजार ८ सय जना पास



काठमाडौं- ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्।

बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले प्रकाशन गरेको नतिजामा कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक हजार ८०९ जना उत्तीर्ण भएको जनाएको हो।

२०७९ जेठ १९ गते देखि असार ३ गतेसम्म भएको परीक्षामा छ हजार ५९७ जना सहभागी भएका थिए।

यी मध्ये एक हजार ८०९ जना मात्र उत्तीर्ण भएको सूचनामा उल्लेख छ। उत्तीर्ण परिक्षार्थीहरु कोरियामा रोजगार आवेदन फारम भर्न योग्य भएको सूचनामा उल्लेख छ।