अमेरिकामा एउटै लरीभित्र ४० व्यक्तिको शव भेटियो - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

अमेरिकामा एउटै लरीभित्र ४० व्यक्तिको शव भेटियो



काठमाडौं– अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० जना व्यक्तिको शव फेला परेको छ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार टेक्सासको सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिसे अवस्थामा फालिएको लरीमा ती शव फेला परेका हुन्। जिवित भेटिएका १६ जनालाई भने उपचारका लागि अस्पताल पठाइएको छ।

मृत्यु हुनेहरू छिमेकी मेक्सिकोबाट गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका आप्रवासी हुन सक्ने अनुमान गरिएको छ। तर, उनीहरू कुन देशका हुन् र के कारणले मृत्यु भयो भन्ने खुलिसकेको छैन।

लरी सान एन्टोनियोको दक्षिणपश्चिमी भागमा रेल ट्रयाकको छेउमा फेला परेको थियो। लरी फेला परेको क्षेत्र अमेरिका-मेक्सिको सिमानाबाट २५० किलोमिटरमा रहेको छ।

सोमबार सान आन्तोनियो तापक्रम ३९.४ डिग्री सेल्सियस पुगेको थियो। लरीभित्र उनीहरूको मृत्यु गर्मीका कारणले भएको हुन सक्ने बताइएको छ। सान एन्टोनियोको प्रहरीले शव गाडीका चालकलाई खोजिरहेको छ।