ओलीले दिए कार्यकर्तालाई कडा निर्देशन, - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

ओलीले दिए कार्यकर्तालाई कडा निर्देशन,



विराटनगर- अध्यक्ष केपी शर्मा ओलीकै कारण स्थानीय तहको निर्वाचनमा एमालेले हारेको बहस भैरहेका बेला ओलीले भने पार्टीलाई पहिलो बनाउनका लागि अहिलेदेखि नै खट्न कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

ओलीले संघीयताको सफल कार्यान्वयनका लागि अहिलेदेखि कार्यकर्ताहरू निर्वाचनमा जुट्नुपर्ने बताएका छन्।
एमाले मोरङ जिल्ला कमिटीद्वारा शुक्रबार आयोजित बृहत कार्यकर्ता भेलामा उनले जनताको ठूलो त्याग र बलिदानबाट ल्याएको लोकतन्त्र संरक्षण गर्न आगामी निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा ल्याउन कार्यकर्ता अहिलेदेखि परिचालित हुनुपर्नेमा जोड दिए।

उनले मुलुकको समृद्धि र विकासका लागि एमालेले प्रदेश तथा संसदीय निर्वाचनमा अत्यधिक स्थानमा विजय हासिल गर्नुपर्ने आवश्यकता रहेको बताए ।

ओलीले हालै सम्पन्न पालिका निर्वाचनमा पार्टीप्रति विश्वास भएर जनताले लोकप्रिय मत दिएकोमा धन्यवाद समेत दिए। नेकपा एमालेको आधार भनेको स्थानीयस्तरमा बसोबास गर्ने जनता नै भएको उल्लेख गर्दै संसद् विघटन गरी नयाँ जनादेशमा जानका लागि निर्वाचनको मिति तोक्नुलाई प्रतिगमन नभएको जिकिर गरे।